प्रतिनिधि सभाको बैठक सर्यो, अब कहिले ? | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

प्रतिनिधि सभाको बैठक सर्यो, अब कहिले ?

काठमाडौँ, १७ फागुन । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक १८ दिन पछि सारिएको छ । संघीय संसद् भवनको अनुसार अब बैठक चैत्र ५ गते दिनको १ बजे बस्नेछ । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आफूहरु प्रतिपक्षमा बस्ने जानकारी संसद सचिवालयलाई गराएपछि सभामुख देवराज घिमिरेले विशेष कारण बस बैठक स्थगित गरेर नयाँ मिति तोकेको जनाइएको छ।

आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको थियो । बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ’संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

Leave a Reply