माघ पहिलो साताभित्र ओली नेतृत्वमा नयाँ सरकार : ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

माघ पहिलो साताभित्र ओली नेतृत्वमा नयाँ सरकार : ज्ञवाली

pradeep gyawali

भक्तपुर, १३ पुस । एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकार गठन भए लगत्तै एमाले र माओवादीबीच पार्टी एकीकरण हुने उनले बताए । पार्टी एकीकरणका लागि बृहत् छलफल र बहस भइरहेका उनको भनाई थियो । सचिव ज्ञवालीले पार्टी एकीकरणमा कुनै शंका नगर्न आग्रह गरे ।

देउवा नेतृत्वको सरकार कामचलाउ भएकाले यस सरकारले गरेका कुनै पनि निर्णय नयाँ सरकारलाई मान्य नहुने उनले जिकिर गरे ।