काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय कार्यालयमा दिउँसो ४ः३० बजेबाट बैठक सुरु भएको थियो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले विषय आग्रह गरेपछि आजै सरकार छाड्ने निर्णयबाट पछि हटेको रास्वपाका प्रवक्त मुकुल ढकालले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि रास्वपाले करिब ३ घण्टा लामो बैठकबाट यस्तो निर्णय गरेको हो । रवि उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएपछि रास्वपाबाट सरकारमा २ मन्त्री र एक राज्यमन्त्री सहभागि रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गर्नुभएको थियो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठक सकेर बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले भन्नुभएको थियो– ‘केही हुँदैन समर्थन फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’