काठमाडौं । नेकपा(एमाले)का नेताहरुले पार्टीको तर्फबाट सर्लाहिकी समानुपातिक सांसद दुलारी देवीको अन्तिम श्रद्धान्जलि अपर्ण गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय धम्बाराहीमा दुलारी देवीको अन्तिम श्रद्धान्जिलिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेता तथा कायृकर्ताहरु पुगेका थिए ।
यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा पर्नुभएकी सांसद देवीलाई राजधानीको विएण्डबी अस्पतालमा उपचार गरिएको थियो ।
मोटरसाइकलमा रहनुभएका उहाँलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो ।
सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आउनुभएको थियो । उहाँका पति, दुई छोरा र दुई छोरी छन् ।