एशियाली बक्सिङमा रजत जित्दै सुष्माले बनाइन् इतिहास | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २१ २०८१, बुधवार

एशियाली बक्सिङमा रजत जित्दै सुष्माले बनाइन् इतिहास

काठमाडौं, ११ माघ । नेपालकी सुष्मा तामाङले एशियन बक्सिङ च्याम्पियनशिपको ४८ केजी तौल समूहमा रजत पदक जितेकी छिन् । उनी फाइनलमा उज्वेकस्तानकी फरजिता फजिलोभासँग पराजित हुँदै रजतमा सिमित भएकी हुन् ।

रजत जितेपनि सुुष्मा एशियन बक्सिङको फाइनलमा पुग्ने पहिलो खेलाडी बनिसकेकी छिन् । २० वर्षीया सुुष्मालाई विश्व बक्सिङको उदीयमान खेलाडीका रुपमा हेरिएको छ । प्रशिक्षक दिपक महर्जनले सुष्माले साहसका साथ खेलेको बताए । उनले सुष्माले भविष्यमा उत्कृष्ट प्रदर्शन गर्दै देशलाई पदक दिलाउन सक्ने आशा व्यक्त गरे ।

एसियन बक्सिङ महासंघको आयोजनामा थाइल्यान्डमा जारी यु–२२ प्रतियोगितामा नेपालको बक्सिङ खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । यसबाट बक्सिङ खेलाडीबाट फेरि आशा जगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);