एशियाली बक्सिङको फाइनलमा पुगेर सुष्मा तामाङले रचिन् इतिहास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एशियाली बक्सिङको फाइनलमा पुगेर सुष्मा तामाङले रचिन् इतिहास

काठमाडौं, ८ माघ । सुष्मा तामाङले २२ वर्ष मुनीका खेलाडीको एशियन बक्सिङ च्याम्पियनशिपको फाइनलमा पुगेर इतिहास रचेकी छिन् । उनले आइतबार बैंककमा भएको ४८ केजी तौल समूहको प्रतिष्पर्धामा मंगोलियाकी बैसेनबाई जानारगुलीलाई पराजित गरी फाइनलको यात्रा तय गर्दै इतिहास रचेकी हुन् ।

एशियाली तहको प्रतिष्पर्धाको फाइनलमा पुग्ने पहिलो नेपाली बक्सिङ खेलाडी भएसँगै सुष्माले आफू देशलाई स्वर्णपदक दिलाउन खेल्ने बताइन् । उनले निकै खुशी व्यक्त गर्दै साथ र उत्साह भर्ने सबैलाई धन्यवाद दिइन् ।

नेपालबाट ३ महिला र ३ पुरुष खेलाडी सहभागी भएकोमा महिलाले उत्कृष्ट प्रदशर्न गरेका छन् ।

आइतबार नै भएको सेमिफाइनल भिडन्तमा हेमा राई फाइनलमा पुग्नबाट चुकेकी छिन् । उनी फाइनलमा मंगोलियाकी बाटुर जोलजर्गलबाट पराजित भइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);