इसेवा १५औं वर्षमा प्रवेश, अफरै अफर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इसेवा १५औं वर्षमा प्रवेश, अफरै अफर सार्वजनिक

काठमाडौं, ११ माघ । इसेवा १५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको हो । इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिवद्धता समेत जनाएको छ । इसेवाले १४ औँ वार्षिकोत्सवको अवसरमा बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको हो ।

अफरहरुमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा १४० क्यास पाइने तथा बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार दिने कम्पनीले जनाएको छ ।

बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउण्ट इसेवामा लिंक गरेमा १४० रुपैयाँ क्यानसब र बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुन्छ । एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार पाउने छन् । ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुने र सो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ । २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने यस अवधिमा मोबाईल टपअप,एयरलाइन्स् टिकट,इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको जनाएको छ । १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको बताए । उनले अप्रत्यक्ष रूपमा करिव एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);