इसेवा १५औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा अफरै अफर | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०७९, शुक्रबार

इसेवा १५औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा अफरै अफर

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पूरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ ।

इसेवा वार्षिकोत्सवको अवसरमा मंगलवार पत्रकार सम्मेलन गर्दै विभिन्न अफरहरु सार्वजनिक गरेको हो । सम्मेलनमा इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिवद्धता समेत जनाएको छ । इसेवाले १४ औँ वार्षिकोत्सवको अवसरमा बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको हो । अफरहरुमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा १४० क्यास पाइने तथा बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार दिने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले १४ औं वार्षिक उत्सवको अवशरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू रहेको बताउनु भयो ।

उहाँले बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउण्ट इसेवामा लिंक गरेमा १४० रुपैयाँ क्यानसब र बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुने बताउनु भयो । उहाँले एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार पाउने जानकारी दिनुभयो । उहाँले ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुने र सो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिने बताउनु भयो । उहाँले २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने यस अवधिमा मोबाईल टपअप,एयरलाइन्स् टिकट,इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने बताउनु भयो । उहाँले ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुने यो अवधिमा ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने बताउनु भयो ।

त्यस्तै, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजाने बताउनु भयो । उहाँले इसेवामा अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने आम नेपाली, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा इसेवामा जोडिनुभएका प्रयोगकर्ता,साझेदार बैंक तथा वित्तीय संस्था,तीनलाख भन्दा बढी मर्चेन्ट, नियामक निकायको सहयोग र विश्वासलाई विशष धन्यवाद दिनुभयो ।

इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पु¥याउन सफल भएको जनाएको छ । १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको बताउनुु भयो । उहाँले अप्रत्यक्ष रूपमा करिव एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

Leave a Reply