राप्रपाले तीन मन्त्रीको टुंगो लगायो, को को जादैछन् यी मन्त्रालय सम्हाल्न | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

राप्रपाले तीन मन्त्रीको टुंगो लगायो, को को जादैछन् यी मन्त्रालय सम्हाल्न

काठमाडौं, ३ माघ । सोमबार सत्ता साझेदार दलबीच भएको सहमति अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको मन्त्रालयमा तीन मन्त्रीको टुंगो लगाएको छ ।

पार्टीले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो । पहिलो चरणमा पार्टीले प्रत्यक्ष निर्वाचित सांसदलाई मन्त्री बनाउने तयारी गरेको हो ।

अध्यक्ष राजेन्द्र लिङदेनले उपप्रधानसहित उर्जा मन्त्रालय सम्हाल्नेछन् । उपाध्यक्ष धु्रवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने निश्चित भएको एक नेताले बताए । त्यसैगरी, पार्टीले सहरी विकास राज्यमन्त्रीमा दीपक बहादुर सिंहको नाम तय गरेको छ । बाँकी रहेको युवा तथा  खेलकुद मन्त्रालयमा धवल शमशेर वा विक्रम पाण्डेमध्ये एक जना हुने जनाइएको छ ।

Leave a Reply