मन्त्रालयलाई लिएर सत्ता गठबन्धनमा माधव नेपालको असन्तुष्टि, मन्त्रीको नाम बोकेर बालुवाटार पुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मन्त्रालयलाई लिएर सत्ता गठबन्धनमा माधव नेपालको असन्तुष्टि, मन्त्रीको नाम बोकेर बालुवाटार पुगे

काठमाडौं । मन्त्रालय भागबन्डामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ । नेता विरोध खतिवडाले संख्यामा भन्दा पनि मन्त्रालयमा असन्तुष्टि रहेको बताए ।

स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राम्रो मन्त्रालय र बढी मन्त्रालय पाउनुपर्ने आफूहरूको धारणा रहेको बताए । संख्यामा भन्दा पनि राम्रो मन्त्रालय पाए नयाँ पार्टीलाई सहज हुने उनको भनाइ थियो ।

अहिले बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको र त्यसमा अध्यक्ष नेपालले आफ्नो कुरा राखेर टुंग्याउने उनले बताए । मन्त्रालयको संख्या र कुन मन्त्रालय लिने भन्ने टुंगो अहिलेको बैठकले लाउने उनको भनाइ छ ।

स्थायी कमिटीले मन्त्री टुंगो लाउने जिम्मा अध्यक्षलाई दिएको र अध्यक्षले बालुवाटारमा मन्त्रीहरूको नाम दिने खतिवडाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);