काठमाडौं । आज बिहान पोखरामा भएको यति एयरलाइन्सको विमानमा सवार यात्रुहरुको पहिचान खुलेको छ । विमानमा चालकदलका सहित ७२ जना सवार थिए । जसमा ४ जना चालकदलका सदस्य पनि विमानमा सवार थिए । यति एयरलाइन्सको विमान अवतरणको क्रममा सेतीको दोभानमा खसेको थियो ।
अहिलेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको उड्ययन प्राधिरकणका अधिकारीले जनाएका छन् । विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य, २ शिशु, ४ बालबालिका र ६६ वयस्क यात्रु रहेको जनाइएको छ । विमानमा रसियन र अष्ट्रेलियन नागरिक पनि रहेको खुलासा भएको छ ।





