विमानमा ट्रमा सेन्टरका चिकित्सक दम्पती सवार थिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

विमानमा ट्रमा सेन्टरका चिकित्सक दम्पती सवार थिए

काठमाडौं । आज बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा चिकित्सक दम्पत्ति पनि परेका छन् । ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिकः सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा.सोना दिवाकर विमानमा सवार थिए । चिकित्सक दम्पत्ति पोखरा घुम्न गएका थिए । त्यस्तै, विमानमा लोक गायिका निरा छन्त्याल पनि रहेको जानकारी आएको छ ।

विमानमा चालकदलका सहित ७२ जना सवार मध्ये ११ जना विदेशी रहेको जानकारी प्राप्त भएको छ । जसमा ४ जना चालकदलका सदस्य पनि विमानमा सवार थिए । यति एयरलाइन्सको विमान अवतरणको क्रममा सेतीको दोभानमा खसेको थियो ।

अहिलेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको उड्ययन प्राधिरकणका अधिकारीले जनाएका छन् । विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य, २ शिशु, ४ बालबालिका र ६६ वयस्क यात्रु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);