संविधानको रक्षाका लागि विश्वासको मत दिने निर्णय गरेका हौंः शेरबहादुर देउवा | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

संविधानको रक्षाका लागि विश्वासको मत दिने निर्णय गरेका हौंः शेरबहादुर देउवा

sherbahadur deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधानको रक्षाका लागि उभिने विश्वासका साथ प्रधानमन्त्रीका लागि विश्वासको मत दिने बताएका हुन् । साथै देउवाले आफ्नो दल प्रतिपक्षमा बस्ने र सरकारको गुण र दोषका अधारमा विरोध वा समर्थन समेत गर्ने बताए ।

‘वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको छ । वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी हो,’ देउवाले भने ।

 

Leave a Reply

ताजा समाचार