शोभराजको फ्रान्स जाने टिकटको टुंगो, ६ बजे दोहाका लागि उड्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

शोभराजको फ्रान्स जाने टिकटको टुंगो, ६ बजे दोहाका लागि उड्ने

सन्दीप शर्मा, काठमाडौं । चाल्र्स शोभराजले आजै नेपाल छाड्ने टुंगो लागेको छ । उनलाई फ्रान्स पठाउने टुंगो लागेको हो ।

शोभराजका तर्फबाट कानून व्यवसायी गोपाल चिन्तनले साँझ ६ बजे कतार एयरवेजबाट दोहाका लागि उड्ने र त्यहाँबाट फ्रान्सका लागि जाने जानकारी दिएका हुन् । शोभराजको ट्राभल डकुमेन्ट पनि तयार भइसकेको बताए ।

अध्यागमन विभागमा सबै प्रक्रिया पूरा गर्न शोभराजलाई लगिएको हो । त्यहाँबाट उनलाई सिधै त्रिभुवन विमानस्थल लगिने भएको छ ।

हत्याका दोषी भएकाले १९ वर्ष नेपालको जेलमा राखिएका शोभराज आजै कारागारमुक्त भएका थिए । उनलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको थियो ।

शोभराजमाथि नेपाललगायत विभिन्न देशमा हत्या, डकैती, ठगीलगायत विभिन्न अभियोग छन् । उनी पटक पटक विभिन्न देशको जेलमा समेत परे । कतिपय जेलबाट फरार भएका थिए । ७८ वर्षीय शोभराजको स्वास्थ्यमा समस्या रहेको बताइएको छ ।

Leave a Reply