भैरहवाका स्पा सेन्टरमा प्रहरीको छापा, १५ जना नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

भैरहवाका स्पा सेन्टरमा प्रहरीको छापा, १५ जना नियन्त्रणमा

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरबाट शंकास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । स्पा सेन्टरको नाममा अनौतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोडस्थित हनि स्पा एण्ड सैलुन र बैंक रोडस्थित युनिक स्पा एण्ड सैलुनमा अनुगमन गरेको हो ।

स्पा सेन्टरमा मापदण्ड विपरितका काम भइरहेको गुनासाका आधारमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

अनुगमनको क्रममा युनिकबाट ३ महिला र ३ पुरुष गरी ६ जना र हनिबाट ४ पुरुष र ५ महिला गरी ९ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई सम्झाइबुझाइ गरेर छोडिएको उनले अर्यालले बताए ।

 

Leave a Reply