माओवादी केन्द्रले संसदीय दलको नेता भोलि छान्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

माओवादी केन्द्रले संसदीय दलको नेता भोलि छान्ने

काठमाडौं । सत्तारुण दल नेकपा (माओवादी केन्द्र)ले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । सांसदहरुले शपथ लिएपछि माओवादीलगायत केही दल नेता छनौटको प्रक्रियामा जाने भएका हुन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले जेठो सांसद पशुपति शमशेर जबरालाई शपथ खुवाउदैछिन् । जबराले भोलि सांसदहरुलाई शपथ खुवाउनेछन् ।

माओवादीले भोलि ४ बजे संसदीय बैठक बोलाएको स्रोतले जनाएको छ ।

माओवादीको संसदीय दलको नेतामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने निश्चित प्राय छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);