विवाहको एक वर्षमै रुखमा झुण्डिएको भेटिइन् दिपा थापा, माइती पक्षद्वारा पतिविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

विवाहको एक वर्षमै रुखमा झुण्डिएको भेटिइन् दिपा थापा, माइती पक्षद्वारा पतिविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

काठमाडौं, २० मंसिर। धादिङको चीसापानी घर भएकी दिपा थापा झुण्डिएको अवस्थामा भेटिएपछि माइती पक्षले आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गरेको छ। थानकोट प्रहरीमा माइती पक्षले आज किटानी जाहेरी दर्ता गरेको हो।

सोमबार २५ वर्षीया दिपाको शव झुण्डिएको अवस्थामा भेटिएको छ। दिपा हराएको भन्दै उनका पति सुदर्शन थापाले माइती पक्षलाई खबर गरेका थिए । खोजीका क्रममा उनको शव घरभन्दा केही पर रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

माइती पक्षले हत्याको किटानी जाहेरी दर्ताको माग गर्दै प्रहरीमा धर्ना दिएको थियो । तर, अन्तमा माइती पक्षले दुरुत्साहनको जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ। दिपाको एक वर्ष अघि विवाह भएको थियो । माइती पक्षले अत्याधिक तनाव दिने गरेको आरोप लगाएको छ। दिपाको शरीरमा निलडाम रहेको बुझिएको छ । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

ताजा समाचार