२६ फाल्गुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कन्चनपुरको आनन्दबजारमा भारतीय सुरक्षा बलको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको विषयमा भारतीय पक्षसँग जवाफ माग्न सरकारसँग माग गरेको छ ।
बिहिबार आयोजित नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नागरिक मारिदा समेत सरकार मुकदर्शक भएको भन्दै आलोचना समेत गर्नुभयो । सरकारले यस विषयमा तत्काल भारतीय पक्षसँग जवाफ माग गर्नुपर्ने बताउनुभयो ।
देशको सीमा रक्षा गर्ने नागरिक मारिदा मौन बस्नेहरु एमालेको नेतृत्वको हत्या गर्ने सुनियोजित प्रयासका साथ सप्तरीमा हिंसा मच्चाउनेहरुको पक्षमा वकालत गरेको ओलीको भनाइ थियो । भेलालाई सम्बोधन गर्दै एमालेका नेताहरु सत्यनारायण मण्डल, लालबाबु पण्डित, योगेश भट्टराई, जीवनराम श्रेष्ठ लगायतले सिमानमा भारतीय पक्षबाट हत्या गरिएका नेपाली गोविन्द गौतमलाई शहीद घोषणा गर्न माग गरे ।