बागमती नदीको महत्व बुझौं, सभ्यता संरक्षणमा हातेमालो गरौं | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बागमती नदीको महत्व बुझौं, सभ्यता संरक्षणमा हातेमालो गरौं

बागमती नदीकै नामबाट उपत्यकाको नाम बागमती उपत्यका रहेको हो । विगत ४० वर्ष यता यो पवित्र नदीमा प्रदूषण बढेर यसलाई ढलमती बनाइएको छ ।

बागमती नदीको महत्व बुझौं

प्रतिक्षा शर्मा, काठमाडौं
बागमती नदीकै नामबाट उपत्यकाको नाम बागमती उपत्यका रहेको हो । विगत ४० वर्ष यता यो पवित्र नदीमा प्रदूषण बढेर यसलाई ढलमती बनाइएको छ ।

नदीको धार्मिक, सांस्कृतिक स्वरूप ध्वष्त मात्रै भएको छैन, राजधानीको इतिहाससँग जोडीएको बागमती सभ्यता लगभग समाप्तीको अवस्थामा पुगिसकेको थियो । काठमाडौँ उपत्यकाको सुरुवात र विकाससँग जोडिउको यो नदकिो संरक्षणका लागि पछिल्ला समयमा थालिउका प्रयासहरुका कारण भने पुर्ववत् अवस्थामानै नदीलाई पुर्याउन सकिन्छ कि भन्ने आशा पलाउन थालेको छ ।

नेपाल सरकारले सहरी विकास मन्त्रालय अन्र्तगत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति खडा गरी गत एक दशकदेखि बागमतीलाई मौलिक स्वरूपमा फर्काउन कोसिस भइरहेको छ ।

यसै बृहत् अभियानसँगै जोडिएर करिब दुई सय हप्ता अर्थात् पाँच वर्ष अगाडिदेखि बागमती सफाइ अभियान चलिरहेको छ । जुन अभियानमा नेपाल सरकारका निजामती, सैनिक, प्रहरी, विद्यार्थी र स्थानीय जनता सबै दत्तचित्त भई लागिरहेका छन् ।

प्रत्येक हप्ताको शनिवार चलाइएको यो अभियान निरन्तर रूपमा चलिरहे पनि बागमतीको भौतिक अवस्थामा खास उल्लेखनीय सुधार देखापरेको छैन ।

समितिले गोकर्णदेखि पशुपति आर्यघाटसम्म केही हदसम्म आफ्ना सुधार योजना सम्पन्न गर्न सफल भए पनि मनोहरा, शङ्खमूल, कालमोचन, पचली र टेकुभन्दा तलतिर यो नदीको अवस्था जस्ताको त्यस्तै छ ।

बागमतीको महत्व काठमाडौँवासी र नेपालीलाई मात्र होइन, विश्वका सम्पूर्ण हिन्दु र बौद्ध धर्मावलम्बीलाई उत्तिकै छ । विश्वका जोसुकै हिन्दु वा बौद्ध धर्मावलम्बीहरू जीवनमा एक पटक बागमतीको किनारमा विराजमान पशुपतिनाथको दर्शन गर्न लालयित हुन्छन् ।

बागमती र शाखा नदी–घाट उपत्यकावासीका लागि जुनसुकै दृष्टिकोणले महत्वपूर्ण छन् । तर प्रदूषण र जग्गा अतिक्रमणको मारले गर्दा हाम्रा नदी र घाट दिन प्रति दिन साँगुरिँदै छन् । समय, काल र परिस्थिति, जनघनत्वको वृद्धि, वरपरका वन जङ्गलको विनास आदिले गर्दा यी नदी प्रदूषित बनेका छन ।

यस्ता नदीहरुको समुचित संरक्षण गरी यी क्षेत्रमा भएका सम्पूर्ण मठ–मन्दिर, देवस्थल, चिहान, धर्मशाला आदि सबैको राम्ररी जीर्णोद्वार र पुनःनिर्माण गरी एक पटक फेरि विश्वलाई काठमाडौँ उपत्यकाको सभ्यता र संस्कृतिको पहिचान गराउन हामी सफल हुनेछौ ।

यसरी बागमती नदीको मौलिक स्वरूप फर्काउन हामी सफल भयौँ भने हाम्रो संस्कृतिका हराइसकेका र हराउन लागेका मूर्त, अमूर्त सम्पदा फेरि देखापरी विश्वलाई नै एउटा नौलो र बेग्लै पहिचान दिन समर्थ हुनेछौँ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);