सुकुम्बासीको नाममा बागमती किनार कब्जा गर्नखोज्लेलाई छाडिन्न : मन्त्री केसी | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सुकुम्बासीको नाममा बागमती किनार कब्जा गर्नखोज्लेलाई छाडिन्न : मन्त्री केसी

सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले सुकुम्बासी समस्या देखाउँदै बागमती सभ्यता विकासमा अबरोध गर्न खोज्नेहरुलाई कारबाही गर्ने बताएका छन् ।

सुकुम्बासीको नाममा बागमती किनार कब्जा गर्नखोज्लेलाई छाडिन्न : मन्त्री केसी

काठमाडौं । सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले सुकुम्बासी समस्या देखाउँदै बागमती सभ्यता विकासमा अबरोध गर्न खोज्नेहरुलाई कारबाही गर्ने बताएका छन् ।

मन्त्री केसीले सुकुम्बासीको नाममा बागमती सभ्यताको विकास नचाहनेहरुका कारण समस्या उत्पन्न भएको बताउँदै बागमती सभ्यताको विकासका लागि सरकारले दिगो योजनाका साथ काम गर्ने बताए । ्र

मन्त्री केसीले वास्तविक सुकुम्बासीहरुको पहिचान गरि उनीहरुको बासस्थान मिलाउने दायीत्व सरकारको भउको बताउँदै सुकुम्बासीको नाममा राज्यको सम्पत्तीमाथि ब्रम्हलुट मच्चाउन खोज्नेहरुलाई भने कारबाशी गरीने बताए ।

मन्त्री केसीले सुकुम्बासी समस्या समाधानका लागि चालु कार्यक्रमहरु तत्काल सम्पन्न गर्न र नयाँ योजनालाई मुर्तता दिन बजेट अभाव हुन नदिने बताए ।

बागमती सभ्यता एकीकृत विकास समितिको शुक्रबार बसेको बैठकमा सम्बोधन गर्दै मन्त्री केसीले बागमतीको विकास र यसको सौन्दर्यताका लागि व्यावहारीक कार्यनीतिको खाँचो रहेको बताए ।

मन्त्री केसीले जनजनमा बागमती काठमाडौंको सभ्यतासँग जोडिएकाले सफाइ हुनुपर्ने भावना पैदा भैरहेको र यसलाई वास्तविकतामा ढाल्नका लागि सरकार लागिपरेको बताए । मन्त्री केसीले बागमती सभ्यता विकासका लागि भैरहेको कार्यलाई तिब्रता दिन पनि सरोकारवालालाई निर्देशन दिए ।

उनले निर्माणाधिन आयोजना जतिसक्दो छिटो सम्पन्न गर्दै वाग्मतीको पानी प्रयोगले जनस्वास्थ्यमा असर नपर्ने परिस्थितिमा ल्याउनेतर्फ समिती क्रियासिल हुन निर्देशन दिएका छन ।

मन्त्री केसीले बागमतीको पानी आम मानिसले पवित्र जलको रुपमा प्रयोग गर्नसक्ने र बागमतीमा जलचर प्राणीहरुको क्रिडा स्थल बनाउनेगरि काम गर्न समितिलाई आग्रह गरे ।

यसैगरी सहरी विकास मन्त्रालयका सचिब दिपेन्द्रनाथ शर्माले वाग्मतीको एकीकृत विकासमा देखिएको समन्वय अभाबलाई चिर्न आफुले प्रभावकारी भुमिका निर्वाह गर्ने बताउदै बाग्मतीमा जलचर बाच्न सक्ने अवस्था सवैको सकारात्मक पहलकदमी आवश्यक रहेको बताए ।

समितिका अधिकांस सदस्यहरूको बाग्मतीको विकासको लागि दिर्घकालिन खाका आउनुपर्नेमा जोड थियो । बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधी लगायत बागमती सभ्यता सभाईसँग सरोकार राख्ने व्यक्तिहरुको उपस्थिति रहेको बागमती सभ्यता एकिकृत विकास समितिका सदस्य रमेश जम्कट्टेलले बताए । उनका अनुसार समितिले चाँडै नयाँ कार्ययोजना सहित बागमती सभ्यता सफाई अभियानलाई तिबता दिइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);