बागमती पीडितले अझै पाएनन् न्याय चार महिनादेखि धर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बागमती पीडितले अझै पाएनन् न्याय चार महिनादेखि धर्ना

dharna

काठमाडौं, १ भदौ । बागमती नदीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले नदीलाई चौडा र सीधा बनाउन तटबन्ध निर्माण गर्दा व्यक्तिको जग्गा नदीभित्र परेपछि बागमती पीडितहरू आन्दोलित बनेका छन्।

गुह्येश्वरीदेखि गोकर्ण ब्यारेजसम्मको जग्गामा तटबन्द निर्माणको क्रममा नदीमा आफ्नो जग्गा परेको भन्दै पीडितहरू गत वैशाखदेखि आन्दोलनमा उत्रिएका थिए। बागमतीलाई सफा बनाउने नाममा आफूहरूलाई सुकुम्बासी नबनाउन उनीहरू दैनिकरूपमा धर्ना बस्दै आएका छन्।

तत्कालीन अधिकार सम्पन्न बागमती क्षेत्र ढल निर्माण/सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिले बागमती किनारको गोकर्ण ब्यारेजदेखि गुह्येश्वरीसम्म नदी किनार सुधारको काम शुरू गरेको थियो। २०५२ देखि २०५७ सम्म समितिले बागमती सभ्यता कायम गर्ने क्रममा १ सय ८८ रोपनी व्यक्तिको जग्गा नदीको वहावभित्र परेको थियो।

समितिले त्यस क्रममा १५ देखि २० वा २२ मिटरसम्म रहेको नदीको वहाव क्षेत्रलाई गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म ३५ मिटर र जोरपाटी पुलदेखि गुह्येश्वरीसम्म ४० मिटर रहने गरी कामलाई तीव्रता दिएको थियो। याे समाचार नेपाल समाचारपत्रमा लेखिएकाे छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);