इनोभेटिभ विजयी | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

इनोभेटिभ विजयी

काठमाडौं। इनोभेटिभ इङलिस स्कुल ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा विजयी भएको छ। प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा बुधबार आयोजित प्रतियोगितामा इनोभेटिभले भद्रघलेलाई १८–१० ले पराजित गर्‍यो । अन्य खेलमा काठमाडौं जेभियर्सले हेम्सलाई १९–८, स्प्याङ्गलले केइएसलाई ७–६, सनसाइनले इलाइट ग्रान्डलाई ८–३, स्वप्न वाटिकाले अल्वर्टलाई १०–३ र सिर्जनशिलले एसियन पब्लिकलाई १३–१० ले हराए ।

जुनियर ब्वाइजमा स्प्याङ्गलले लिटिल फ्लावरलाई ११–४, सनसाइनले केइएसलाई १३–२, एआईएले एसियन पब्लिकलाई १७–४ र काठमाडौं जेभियर्सले सूर्योदयलाई ३४–१२ ले पाखा लगाए ।

 

Leave a Reply

ताजा समाचार