कमल थापालाई छाडेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

कमल थापालाई छाडेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी

काठमाडौं। मकवानपुर एमालेमा टिकटलाई लिएर विवाद भएको छ। सुरुमा पार्टी नेतृत्वले मकवानपुर १ मा रामेश्वर रानालाई टिकट दिएको थियो । तर, आइतबार बिहान एमाले अध्यक्ष केपी ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर १ मा समर्थन गर्ने सहमति गरेपछि मकवानपुरमा भाँडभैलो सुरु भएको हो।

एमालेको गढ मानिएको निर्वाचन क्षेत्रमा राप्रपा नेपाललाई छाडिदिएपछि एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी लगाइएको छ । यसअघि यो निर्वाचन क्षेत्रमा एमालेका कृष्णप्रसाद दाहालले चुनाव जितेका थिए ।

Leave a Reply