नयाँ शक्ति र राप्रपाको सहमति, गोरखामा भट्टराई र मकवानपुरमा थापालाई सघाउने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

काठमाडौं, ४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई सहयोग गर्ने समझदारी भएको छ।

दुवै पार्टीका शीर्ष नेतृत्वकाबीच पटक-पटक छलफल भइ सोमबार भएको समझदारीमा मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका अध्यक्ष कमल थापालाई नयाँ शक्ति पार्टीले सहयोग गर्ने समझदारी भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए।

नयाँ शक्ति पार्टीले मकवानपुर क्षेत्र नम्बर-१ मा प्रह्लाद लामिछानेलाई उम्मेदवार बनाएको भएपनि दुई पार्टीकाबीचमा भएको समझदारीबाट उनको उम्मेदवारीलाई स्थगित गरिएको छ। गोरखा क्षेत्र नम्बर–२ मा राप्रपाले उम्मेदवारी नै दिएको छैन।