थापाको अंगालोमा लिङ्देन, समर्थकले ताली बजाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

थापाको अंगालोमा लिङ्देन, समर्थकले ताली बजाए

काठमाडौं । पार्टीको चुनावमा कमल थापालाई हराएर अध्यक्ष बन्न सफल भएका राजेन्द्र लिङ्देनले आज पृथ्वी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना गरिएको चियापानमा कमल थापालाई पनि बोलाएका थिए । तर, थापा आउँलान भन्ने लिङ्देनलाई लागेको थिएन् । यद्दपी थापाले आउने बाचा दिएकाले लिङ्देन आशाबादी भने थिए ।

चियापान कार्यक्रममा अन्य पाहुनाहरुलाई स्वागत गरिरहेका लिङ्देन मञ्चमै थिए । थापालाई देखेपछि उनको अनुहारमा एक्कासी चमक आएको थियो । त्यसपछि लिङ्देनले थापालाई स्वागत गर्दै हात मिलाए सँगै थापाले लिङ्देनलाई अंगालोमा हाले । त्यसपछि सबैले ताली बजाएर उनीहरुको मिलनको स्वागत गरेका थिए ।

चुनावमा पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षबाट हट्नुपर्दा थापा राजेन्द्रसँग चिँडिएका थिए । युवा नेताको रुपमा उदायका लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी नै छाँडे ।

उनी हाल राप्रपा नेपालका अध्यक्ष छन् । प्रतिनिधि सभा सदस्यका लागि सूर्य चिह्नबाट चुनाव लडेका थापा मकवानपुर १ बाट पराजित हुन पुगे । एकपछि अर्को राजनीति असफलता ब्यहोर्दै आएका थापा अहिले निस्क्रीय अवस्थामा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);