पृथ्वीनारायण शाहका दिव्य उपदेशलाई सबै दलले शिरोधार्य गर्नुपर्छः रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पृथ्वीनारायण शाहका दिव्य उपदेशलाई सबै दलले शिरोधार्य गर्नुपर्छः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै राजनीतिक दलले पृथ्वीनारायण शाहका दिव्य उपदेशलाई शिरोधार्य गर्नुपर्ने बताएका छन् ।

आज पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको भृकुटीमण्डवमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन आएका पौडेलले माउण्टेन टेलिभिजनलाई संक्षिप्त प्रतिकृया दिदै यस्तो बताएका हुन् ।

पौडेलले ‘घुस दिन्या र लिन्या दुबै देशका शत्रु हुन्’ भन्ने शाहको दिव्य उपदेशलाई आफुले मन्ने गरेको बताए । साथै, उनले देशमा सुशासन ल्याउन र भ्रष्टाचार मुक्त पार्न यो कुरालाई सबै दलले मान्नुपर्ने बताए ।

शाहले नेपालीलाई एकशुत्रमा बाधेर नेपाली भएर बाच्नलाई अवसर दिएको उल्लेख गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);