ताप्लेजुङमा वामको 'क्लिनस्वीप' | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

ताप्लेजुङ, २३ मंसिर। ताप्लेजुङमा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका वाम गठबन्दनका प्रदेश सभा (क) का उम्मेदवार बलबहादुर साम्सोहाङ विजयी भएका छन्।  उनले आफ्नो प्रतिद्धन्द्धि नेपाली कांग्रेसकी लिलादेवी बोखिमलाई ४ हजार ४ सय ४३ मतले हराएका छनु्।

साम्सोहाङले १५ हजार ४ सय १७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काग्रेकी लिलादेबी बोखिमले १० हजार ९ सय ७४ मत प्राप्त गरेका हुन्।

प्रदेशसभा (ख) बाट वामगठबन्दनका टंक आङबुहाङ १२ हजार १ सय ९८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धि दिपेन्द्रकुमार सेन्दाङले ७ हजार ५ सय ८७ मत प्राप्त गरे।

आङबुहाङले ४ हजार ६११ को मतान्तरले बिजय हासिल गरे। ताप्लेजुङमा ५१ हजार ७ सय ४३ मत खसेको थियो । प्रतिनिधि सभामा एमालेकै योगेश भट्टराई विजयी भएका छन्। सबै क्षेत्रमा जित्दै वाम गठबन्धनले ‘क्लिनस्वीप’ गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);