नेपाली विमानलाई युरोपेली आकाशमा उड्न पुनः प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

काठमाडौं, मंसिर १९ – युरोपियन युनियन (इयु)ले नेपाली विमानलाई युरोपेली आकाशमा उड्न पुनः प्रतिबन्ध लगाएको छ ।

सुरक्षाको कारण देखाउँदै इयुले नेपाली विमानमाथि पुनः प्रतिबन्ध लगाएको हो । चार वर्षदेखि युरोपेली आकाशमा उड्न लगाएको प्रतिबन्ध इयुले केही समय अघि मात्र फुकुवा गरेको थियो । २० मंसिर ०७० (५ डिसेम्बर २०१३) मा पहिलोपटक युरोपेली युनियनको ‘एयर सेफ्टी लिस्ट’मा सूचीकृत नेपाली वायुसेवा कम्पनी पछिल्लो ४ वर्षयता युरोपमा प्रतिबन्धित छ । इयुले गएको हप्ता हवाई सुरक्षा सूचि अध्यावधिक गर्दै नेपाली विमान युरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाइएको जनाएको छ ।

नागरिक उड्ययन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुधारबारे प्रतिवेदन इयुलाई पठाएपनि इयुले भने लाइसेन्स प्रक्रिया, तालिमलगायतमा कमजोरी देखाउँदै प्रतिबन्ध लगाएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);