प्रत्यायन विधेयक संसद्‌बाट पारित  | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

प्रत्यायन विधेयक संसद्‌बाट पारित 

काठमाडौं। राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राखेको प्रत्यायन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । यसअघि मंगलबार नै उक्त विधेयकमाथि दफावार छलफल भएको छ। छलफलमा सहभागी सांसदहरुले उठाएको प्रश्न र जिज्ञासाको मन्त्री बडूले जवाफ दिएका थिए ।

प्रतिनिधिसभाको अर्काे बैठक २ भदौ बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार