प्रतिनिधि सभा बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । देउवाले नै ‘तथ्यांक विधेयक, २०७८’ का विषयमा प्राप्त संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्नेछन् ।

‘तथ्यांक विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत पनि गरिनेछ । देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘शपथसम्बन्धी विधेयक, २०७९ माथिको दफाबार छलफफल सदनमा प्रस्तुत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रमको सूचीमा उल्लेख गरिएको छ । खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);