प्रत्यायन विधेयक संसद्‌बाट पारित  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रत्यायन विधेयक संसद्‌बाट पारित 

काठमाडौं। राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राखेको प्रत्यायन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । यसअघि मंगलबार नै उक्त विधेयकमाथि दफावार छलफल भएको छ। छलफलमा सहभागी सांसदहरुले उठाएको प्रश्न र जिज्ञासाको मन्त्री बडूले जवाफ दिएका थिए ।

प्रतिनिधिसभाको अर्काे बैठक २ भदौ बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);