सीमा क्षेत्रमा गस्ती बढाउन सरकारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

काठमाण्डौँ, १८ मंसिर । सरकारले भारतसँग सीमा जोडिएका जिल्लाका प्रमुखहरूलाई सुरक्षा जाँच कडा तुल्याउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले निर्वाचन सुरक्षा प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्लाका प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँगको सहकार्य सघन बनाइ सुरक्षा जाँच कडा तुल्याउन निर्देशन दिएको हो ।

मन्त्रालयले निर्वाचनको सुरक्षालाई ध्यान दिइ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउन निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले निर्वाचनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा गस्ती बढाएर चेकजाँच कडा तुल्याउन निर्देशन दिइएको बताउनुभयो ।

सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्रीसहित पक्राउ परेपछि मन्त्रालयले मातहतका निकायलाई सुरक्षा जाँचमा कडाइ गर्न निर्देशन दिएको हो । सुरक्षामा कमजोरी हुन नदिन कतिपय स्थानमा तालिमप्राप्त कुकुर प्रयोग गरिएको छ भने कतिपय स्थानमा सीसीटीभीमार्फत निगरानी बढाइएको छ । निर्वाचनको सुरक्षाका लागि भोलिदेखि तीन दिनका लागि सीमा नाका बन्द गरिने छन् ।