कम्युनिष्टले जिते देशमा तानाशाही शासन आउँछ : प्रम देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

कञ्चनपुर, १६ मंसिर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जिते देशमा तानाशाही शासन व्यवस्था आउने बताएका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र रोज्ने की अधिनायकवाद त्यो मतदाताकै मतमा भर पर्ने बताए ।

लोकतन्त्रको रक्षा, मुलुकमा समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने देउवाले दाबी गरे । कम्युनिष्टले जिते देशमा तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद उनले मतदातासँग प्रश्न गरे ।

संविधान कार्यान्वयनका लागि पनि आसन्न निर्वाचनमा काँग्रेसले जित्नु पर्छ उनले भने,  ‘काँग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्य भयो । संविधान निर्माण कांग्रेसकै नेतृतवमा भयो । अब लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसले नै जित्नुपर्छ ।’