ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

काठमाडौं, १६ मंसिर । ट्राफिक प्रहरीलाई प्रलोभन देखाएको आरोपमा काठमाडौंबाट एकजना चालक पक्राउ परेका छन्। शुक्रबार जाँडरक्सी खाएर बा ७२ प ४०१५ नम्बरको मोटरसाइकल चलाएका चालकले ट्राफिक प्रहरीलाई पैसा दिएर छुट्न खोजेको आरोपमा सोह्खुट्टेबाट पक्राउ गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

गएको मंगलबारदेखि शुक्रबारसम्ममा ट्राफिक प्रहरीलाई हातपात गर्ने दुईजनासहित प्रलोभनमा पार्न खोज्ने ८ जना पक्राउ परेका छन्। उनीहरुलाई सबैलाई सार्वजनिक मुद्दा लगाउने तयारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ।