लागुऔषध सेवन गर्ने ७ सवारी चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

लागुऔषध सेवन गर्ने ७ सवारी चालक पक्राउ

काठमाण्डौं  ।  काठमाण्डौंमा लागुऔषध सेवन गरेर सवारी चलाउने सवारी चालक पक्राउ परेका छन् ।

ट्राफिक प्रहरीले काठमाण्डौमा लागुऔषध सेवन गरी सवारी चलाउने ७ जनालाई पक्राउ  पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँच जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सीका चालक रहेका छन् ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोग तथा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ लागुऔषध नियन्त्रण ब्युरो एवंम् प्रहरी वृत्त जगातिको संयुक्त टोलीले चेक जाँचका क्रममा शनिवार पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाति पठाइएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);