शनिबारको विशेष सवारी चेकिङमा सात चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

शनिबारको विशेष सवारी चेकिङमा सात चालक पक्राउ

काठमाडौं । लागूऔषध सेवन गरी सवारी साधन चलाउने सात जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष चेकिङमा सात जनालाई कारबाही गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।

कार्यालयले लागूऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोली उनीहरूलाई कारबाही गरेको हो ।

पाँच जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक गरी सात जना चालक कारबाही गरिएको हो ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको प्रवक्ता एसएसपी भट्टले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);