अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर एक युवककाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर एक युवककाे मृत्यु

अर्घाखाँची।अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवककाे मृत्यु भएकाे छ । जिल्लाको शतिगंगा नगरपालिका-१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएकाे हो ।

अर्घाखाँचीको मालारानी गाउँपालिका- ४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएकाे  इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए। खोलामा डुबेर अचेत भएका खनाललाई तत्कालै उद्धार गरी उपचारको लागि लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको निरीक्षक रेग्मीले बताए ।

Leave a Reply

ताजा समाचार