पौडी खेल्ने क्रममा डुबेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका-२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो  । सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार  पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए ।  पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

Leave a Reply