कांग्रेस उम्मेदवार सिटौलाको घरमा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

झापा, १२ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विस्फोटभएको छ। झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा आज राति करिव १ बजेतिर अज्ञात समुहद्वारा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।

घर पछाडि बम फ्याकिएको तर बिस्फोटबाट ठुलो क्षति नपुगेको प्रहरीले जानकारी दिएको छ। बम क्षति पुर्याउन नभई तर्साउनको लागि विस्फोट गराइएको हुन सक्ने प्रहरीले जनाएको छ।

सिटौला झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार सिटौला घरमै रहेको अवस्था उक्त बम विस्फोट गराइएको थियो।

ताजा समाचार