पशुपंक्षी विकास राज्यमन्त्रीको घरमा बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

काठमाडौँ, ९ मंसिर। पशुपंक्षी विकास राज्यमन्त्री एवम् सर्लाही क्षेत्र नं १का उम्मेदवार शम्भुलाल श्रेष्ठको घरमा शनिबार बिहान बम विष्फोट भएको छ। बिहानको करिब ५ बजेर १० मिनेटमा मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका १७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको प्रहरीले जानकारी दिएको छ।

विष्फोटनको कारण कुनै मानवीय क्षति नभएको र घरको ५ फिटजति पर्खाल भत्किएको छ। श्रेष्ठ घरमा नै रहेको बेलामा घर पछाडि रहेको गोदाममा बम बिस्फोटन गराइएको थियो।

घटना स्थलमा सिलभरका टुक्राहरु भेटिएकोले प्रेसर कुकर बम भएको हुन सक्ने अनुमान गरिएको छ।