बारा । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देबताल गाउँपालिका वडा नम्बर ३ छोटकी अम्वा बस्ने ४० वर्षीय राम प्रबेश महतो रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि यनयमसी अस्पताल बीरगंज पठाइएको थियो । आफ्नो घरमा जडान गरेको पानी फाल्ने मोटर बनाउने क्रममा सर्ट भई करेन्ट लागि गम्भीर घाइते भएका महतोको यनयमसी अस्पताल बिरगंजमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
बारामा करेन्ट लागेर एक जनाको मृत्यु
ताजा समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
२३ घन्टा अघि
प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग संवाद गर्दै
२४ घन्टा अघि