१ फाल्गुन, काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
आइतबार सुन प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोे छ । महासंघका अनुसार आइतबार सुनको प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्त चाँदीको मूल्य शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको छ ।