आर्थिक प्रलोभनमा चीनलाई बुढीगण्डकी निर्माण जिम्मा दिएका थिए: नेता खाँड | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

काठमाडौँ, ३० कार्तिक। नेपाली कांग्रेसले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र उर्जामन्त्री जनार्दन शर्माले आर्थिक प्रलोभनमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको अरोप लगाएको छ।

बिहिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले आफूहरुको विरोधका बाबजुत तत्कालिन प्रधानमन्त्री दाहाल र उर्जामन्त्री शर्माले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको ठेक्का चिनियाँ गेजुवा कम्पनीलाई दिएको दाबी गरे।

आर्थिक प्रलोभनमा सार्वजनिक खरिद ऐन विपरित ठेक्का दिएकाले सम्झौता खारेज गरिएकोे उनको भनाइ छ। उनले ठेक्का मात्रै रद्ध भएकाले परियोजना प्रभावित जनतालाई सरकारले मुआब्जा दिने काम तत्काल अघि बढाउनुपर्ने बताए।

ताजा समाचार