काठमाडौं । चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायक तथा चर्चित र्यापर आशिष राना ‘लाउरे’ पोखरामा पक्राउ परेका छन् । लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कास्की प्रहरीका अनुसार लाउरे लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । उनीबाट लागूऔषध बरामद भने भएको छैन । पोखराको न्यूरोडबाट लाहुरेसहित ४ जना पक्राउ परेका थिए ।




