एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ

काठमाडौं । काठमाडौं स्थित नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी एक महिलालाई उनीहरुले सामूहिक बलात्कार गरेको उजुरी परेपछि ८ जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । आरोपीतहरु ७ जनालाई मंगलबार साँझ र एक जना बुधबार बिहान पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् । वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरुले उनलाई फकाएर होटलमा लगेर सोमबार साँझदेखि मंगलबारसम्म जबरजस्तीकरणी गरेको भन्दै जाहेरी परे पछि आरोपीतहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरी प्रभाग, बसपार्कमा जानकारी आएलगत्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीसहितको टोली त्यहाँ पुगेको थियो । त्यसपछि सीसी टीभी फुटेज र प्राविधिक विश्लेषण गरेर घटनामा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);