कांग्रेसले वीपीको पदचाप पछ्याए देशको हित हुन्छः अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

चितवन, १९ कार्तिक। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई आपसमा समझदारी कायम गरी वीपी कोइरालाको आदर्श पहिलाउन सुझाव दिएका छन्। उनले वाम गठवन्धनबाट आतंकित नहुन समेत आग्रह गरेका छन् ।

चितवनमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको कारणले पार्टी कमजोर हुँदै गएको बताउँदै विपी कोइरालाका आदर्श तर्फ फर्किए काँग्रेस र देश दुबैको हित हुने बताएका हुन्।

चितवन क्षेत्र नं. ३ का उम्मेदवार समेत रहेका प्रचण्डले चितवनबाट जितेर राष्ट्रलाई समृद्धितर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिने भन्दै उनले त्यसैका लागि वाम गठवन्धन आवश्यक परेको प्रष्ट्याए ।

सरकारको स्थिरता कायम राख्न र देशमा विकास ल्याउन कै लागि भएपनि माओवादी केन्द्रलाई जिताउनुपर्ने धारणा उनले व्यक्त गरेका छन् ।