दाङ । दाङको देउखुरीस्थित लमही भालुवाङ सडक खण्ड बिग्रिएर ठुला ठुला खाडल पर्दा समेत सरकारले सडक मर्मतमा ध्यान नदिएपछि स्थानीय स्तरबाटै सडक मर्मत गर्न थालिएको छ ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बजार क्षेत्रमै ठुलाठुला खाडल पर्दा दुर्घटनाको जोखिम समेत बढेको छ ।