काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९१ हजार २ सय रुपैँया कायम भएको छ । बिहीबार सुनको मूल्य ९० हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि १५ रुपैँयाले बढेको छ । बिहीबार १ हजार १ सय ८० मा कारोबार भएको चाँदी शुक्रबार एक हजार १ सय ९५ रुपैँया कायम भएको छ ।