काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९१ हजार ५ सय रुपैँया कायम भएको छ । बिहीबार सुनको मूल्य ९२ हजार रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य १० रुपैँयाले घटेकाे छ । महासंघका अनुसार बिहीबार एक हजार २ सय ७५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २ सय ६५ रुपैँया कायम भएको छ ।




