अल्जेरियाको जंगलमा डडेलो, आगलागीमा परी २५ सैनिक र १७ नागरिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

अल्जेरियाको जंगलमा डडेलो, आगलागीमा परी २५ सैनिक र १७ नागरिकको मृत्यु

एजेन्सी। अत्यधिक गर्मीको कारण अफ्रिकी मुलुक अल्जेरियाको जंगलमा डडेलो लागेको छ ।

आगलागीमा परी २५ सैनिक र १७ नागरिकको मृत्यु भएको छ । आगलागी नियन्त्रणमा खटिएका धेरै सैनिकहरु जलेर घाइते भएका छन् भने जंगल वरिपरिका वस्तीहरु खाली गरिएका छन् ।

केही खाली बस्ती समेत आगोले नष्ट हुनुका साथै हजारौं हेक्टर जंगल नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि सयौं उद्धारकर्मीहरु खटिएका अन्तराष्ट्रिय संचारमामाध्यमहरुले जनाएकाछन ।

हेलिकप्टर समेत परिचालन गरिएतापनि आगलागी नियन्त्रणमा आएको छैन । हाल त्यहाँको तापक्रम ४७ डिग्री पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);